ताजा अपडेट »
पोष्टर फस्टलुक

चलचित्र “१२ गाउँ” को फर्स्टलुक पोस्टर सार्वजनिक, एक्सन अवतारमा देखिए बिराजका छोरा समिर

मंगलबार, १८ असार २०८१, १० : ००
88 Shares
मंगलबार, १८ असार २०८१
88 Shares

काठमाण्डौं । अभिनेता विराज भट्टको निर्माण तथा  निर्देशनमा तयार भइरहेको एक्सन थ्रिलर चलचित्र “१२ गाउँ” को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरीएको पोस्टरमा विराजका छोरा समीर भट्ट एक्सन अवतारमा देखिएका छन्। 

आगामी दसैंंमा रिलिज गर्ने निश्चिित गरीएको यो चलचित्रबाट समीरले नेपाली सिने क्षेत्रमा डेब्यु गर्न दागेका हुन। समिर विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिईरहेका थिए। 

विराजले “१२ गाउँ” मार्फत नेपाली चलचित्रको इतिहासकै अहिले सम्मकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको बताएका छन्। यसले नेपाली चलचित्रको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास समेत निर्देशक तथा अभिनेता भट्टको रहेको छ। अबको १० दिनमा चलचित्रको छायांकन सकेर पोष्ट प्रोडक्सनमा जाने जनाइएको छ। 

12-gaun-samir-1719736196.jpg

यस चलचित्र बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्न लागेका छन। चलचित्रमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का र सनिशा भट्टराईका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको मुख्य अभिनय रहनेछ।

विराज भट्ट फिल्मस पोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको नृत्य तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा एवम् संवाद लेखन रहेको छ।

यो चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनकका रुपमा उनले भित्राएका हुन । उनलाई शंकर महर्जनले सघाएका छन्।

चलचित्रको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले  गर्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।