ताजा अपडेट »
कला/मनोञ्जन

चलचित्र ‘बुलाकी’ श्रावण ३२ बाट फेरि प्रदर्शनमा आउने

मंगलबार, १८ असार २०८१, ०७ : ३०
84 Shares
मंगलबार, १८ असार २०८१
84 Shares

काठमाडौँ । चलचित्र ‘बुलाकी’ फेरि प्रदर्शनमा आउने भएको छ ।चलचित्र  आउँदो साउन ३२ गते बाट पुनः प्रदर्शन हुन लागेको हो । चलचित्रका निर्माता तथा कलाकार बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चलचित्र यही श्रवण ३२ देखि फेरि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

यस अघि २०८० सालको पहिलो दिनमा चलचित्र प्रदर्शनमा ल्याइएको भएपनि विभिन्न कारणले गर्दा प्रदर्शनको दोस्रो दिनमै चलचित्र प्रदर्शन रोक्नु परेको उनले स्मरण गरेका छन । उनले सो चलचित्र अहिले पुनः प्रदर्शनमा ल्याउन लागेको पनि बताएका छन । 

सुरक्षाको 'बुलाकी' कात्तिक १८ मा – email khabar | Latest news of Nepal

यो बिचमा देश–विदेशका विभिन्न फिल्म महोत्सवमा सहभागीचलचित्रलाई लिएर दर्शकले देखाएको चासोलाई मध्येनजर गर्दै पुनः प्रदर्शनमा ल्याउन लागिएको अभिनेता एवं निर्माता समेत रहेका विराज विष्टले बताए। 'अघिल्लो पटकभन्दा परिस्कृत गर्दै, त्यसबेला देखिएका कमी–कमजोरीलाई थप सुधार गरेर फिल्मलाई प्रदर्शनमा ल्याउन लागेका हौं,' विष्टले भनेका छन। 

बिष्टले मिडिया, वितरक, हल संचालकहरुलाई सम्बोधन गर्दै  सामाजिक सञ्जालमा लेखेका छन्, “छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको हाम्रो फिल्म “बुलाकी” यस अघि २०८० सालको पहिलो दिन प्रदर्शनमा ल्याइएको सर्वविदितै छ । तत्कालीन समयमा उत्पन्न परिस्थितिका बिच हामीले रिलिजको दोस्रो दिनमै चलचित्र प्रदर्शन स्थगित गर्ने निर्णय गरेका थियौँ । दुईदिनको छोटो समयमै पनि दर्शकहरुलेले दिनुभएको प्रेम, चलचित्रकर्मी तथा हल व्यवसायीहरूले दिनुभएको स्थानप्रति कृतज्ञ छौँ ।”

सुरक्षा पन्त स्टारर 'बुलाकी' टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा – Online  Khabar

यसअघि गत वर्षको वैशाखमा याे चलिचत्र अन्य दुई चलिचत्र 'जारी' र 'बिहे पास' सँगै एकसाथ प्रदर्शनमा आएको थियो। त्यसबेला प्रर्याप्त शो नपाएको भन्दै रिलिजको दोस्रो दिनमै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो।

लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्काका साथमा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदिप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, सोनु सेढाई लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्रले कर्णाली भेगको जारी प्रथा कथावस्तुमा उठाएको छ । यस चलचित्रका निर्माता टोपेन्द्र विष्ट हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।