एजेन्सी । दक्षिण भारतिय चर्चित अभिनेता प्रभाष अभिनित चलचित्र क्ल्की २८९८ विश्वभर उत्साहजनक ब्यापार गरेको छ । यतिबेला यो चलचित्रले भारतमा मात्रै नभएर सीमापार पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्रले सबैतिरबाट टन्नै माया पाइरहेको छ ।
जुन २७ मा रिलिज भएको यो चलचित्रले दिनहुँ नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । विश्वभरमा चलचित्रले ५०० करोड भारु कमाएको छ । कमाइको हिसाबले कल्की उत्तरी अमेरिकामा सर्वाधिक कमाउने १० भारतीय चलचित्रको सूचीमा पनि परेको छ ।
प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हासन र दिशा पटानी अभिनित यस चलचित्रले चौथो दिन ठुलो उपलब्धि हासिल गरेको छ । नाग अश्विनद्वारा निर्देशित यो चलचित्र प्रतिष्ठित ५०० करोड क्लबमा पुगेको छ । फिल्मका निर्माताले आइतबार राति माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसको आधिकारिक घोषणा गरेका हुन् ।
कमाइको हिसाबले कल्कि २८९८ एडी सबैभन्दा धेरै कमाउने पाँचौँ तेलुगु फिल्म बनेको छ । यसअघि बाहुबली द कन्क्लुजन, आरआरआर, सालार पार्ट १ र बाहुबली द बिगिनिङले यो उपलब्धि हासिल गरेका थिए । सूचीमा प्रभासका चार ओटा फिल्म छन् । कल्की फिल्म पहिलो एक हप्तामै एक हजार करोड क्लबमा सामेल हुने अनुमान गरिएको छ ।
यस चलचित्र प्रतिमानिसहरूमा व्यापक क्रेज देखिएको छ । पछिल्लो अपडेट अनुसार फिल्मले यस क्षेत्रमा एक करोड डलर कलेक्सन गरेको छ । योसँगै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा आठौँ स्थानमा उक्लिएको छ । लाइफ टाइम कमाइमा फिल्म यस क्षेत्रमा शीर्ष तीनमा पुग्न सक्ने आशा गरिएको छ ।
प्रतिक्रिया