ताजा अपडेट »

सिटिजन्स बैकका ग्रहकलाई बुटवलको मर्सी सिटी अस्पतालले छुट दिने

सोमबार, १७ असार २०८१, २२ : ०३
768 Shares
सोमबार, १७ असार २०८१
768 Shares

बुटवल । सिटनिन्स बैंकका ग्रहकलाई बुटवलको मर्सी सिटी अस्पतालले छुट दिने भएको छ । सोमबार सिटीजन बैंक ईन्टरनेसनल कालिकानगर बुटवल तथा बुटवलको अस्पताललाईनमा रहेको मर्सी सिटी अस्पताल बिच छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । 

आज बुटवलमा बैंकको तर्फबाट कालिकानगर शाखाका शाखा प्रबन्धक हरि खनाल, डिपोजिट रिलेसन अफिसर रबि काफ्ले र हस्पिटलको तर्फबाट अध्यक्ष जनक कोइराला तथा प्रबन्धक निर्देशक गोपाल श्रेष्ठ र रामचन्द्र नेपालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

सहमति अनुसार अब मर्सी सिटी अस्पतालमा सिटिजन्स बैंकका ग्राहकले ल्याब, अपरेसन, औषधि लगायतका विभिन्न स्वास्थ्य सेवा लिदा १५ प्रतिसत सम्म नगद छुट प्राप्त गर्नेछन । यो सम्झौता पछि बैंकका ग्रहकलाई मर्सी सिटी अस्पतालले  स्वास्थ्य सेवा उपभोग गर्दा नगद  छुट प्रदान गर्ने छ । 

बैंकले आगामी दिनमा स्वास्थ्य संगैं अन्य क्षेत्रहरुमा समेत छुट सम्बन्धि योजना ल्याउने बैंकका डि.आर.ओ.रबि काफ्लेले जानकारी गराए । नेपालको क वर्गको यस बैंकले देशैभर १९० शाखा तथा १९० एटिएम मार्फत बैंकिङ् शेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।