ताजा अपडेट »

लाफा समुहको पाचौँ साधारण सभा

सोमबार, १७ असार २०८१, २१ : ०२
144 Shares
सोमबार, १७ असार २०८१
144 Shares

बुटवल। रुपन्देहीको बुटवललाई  खेलकुद क्षेत्रलाई केन्द्र बनाएर ब्याडमिन्टन र भलिबल खेलाडीको उत्पादन तथा प्रतियोगिता गदै आएको लाफा समुह बुटवलको पाचौ साधरण सभा सम्पन  गरेको छ  ।

कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालीका बडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले लाफा समुहले खेलकुदका क्षेत्रमा राम्रो काम गरेको बताए । 
समुहले  खेलकुल प्रतियोगिता  खेलाडी उत्पादन लाई मुख्य ब्यबसायीक   बनाएर बिभीन्न समयमा ब्याडमिन्टन भलिबल फुडसल जस्ता प्रतियोगिता गराउनु  सानो मिहिनेतले नहुने बताए ।

लाफाले  खेलकुदमा  रुचिरहेका  उदयमान खेलाडीहरुलाई क्लबको आर्थीक सहयोगमा बिभिन्न  प्रसिक्षणहरु गराउने  ब्यबथा गर्नु अहिलेको अवस्थामा ठुलो योगदान रहेको बताए ।  वडा अध्यक्ष  पङगेनीले भने भाडामा जग्गा लिएर काम र्गदा आर्थीक भार थपिएको  भन्दै  लाफा  समुहलाई जग्गाको ब्यबथापन गर्ने सके खेलाडी उत्पादनमा थप  सहयोग पुग्ने उनको भनाई छ  ।

वडा भित्र कतै जग्गा भए आफुले  जग्गा दिलाउन भरपुर सहयोग गर्ने  उनको भनाई छ । लाफा समुहका अध्यक्ष बबिन थापाले खेलाडी उत्पादन र्गन पटक पटक आर्थीक सहयोग माग्नुपरेको गुनासो गदै राज्यले यस्ता  खेलकुदमा लागेका क्लबहरुलाई बार्षीक रुपमा रकम दिनुजरुरी रहेको बताए ।

अहिले समुहले १९ जना खेलाडी  क्लबमा अनुबन्दक गरेर राखेको छ  । 
उनीहरुलाई खेल्ने सबै सामान नि सुल्क  उत्लबध गराउदै आएको भन्दै  अध्यक्ष थापाले भने जग्गा भाडामा लिएर  खेलकुद का गतीबिधी गराउन सारै दुख हुने गरेको थापाको भनाई छ । राज्यले जग्गा उपल्ध गराए ।  धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनको भनाई छ ।

बरिष्ठ उपाध्यक्ष ज्ञानु थापा सल्लाहाकार चक्र बहादुर राना बडा सदस्य सिता खनाल प्रेस सल्लाहाकार बिश्वास ढकाल श्रीप्रसाद थापा टिप राना लगाएतले बोल्दै  खेलकुद क्षेत्रमा लागेका यस्ता क्लब सँघ सस्थाहरुलाई  राज्य सहयोग गरे खेदकुदको सँरक्षण खेलाडी उत्पादनमा सहयोग पुग्नसक्ने  उनीहरुको भनाई छ । कार्यक्रमको बन्द सत्रमा हाल रहेको  लाफा समुहलाई लाफा स्पोट्स लब बनाउने निर्णय समेत गरेको बरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।