बुटवल । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ, भने दुर्घटनामा ६ जना घाइते भएका छन् ।
माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनाका मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया