ताजा अपडेट »

एकीकृत समाजवादीको बन्दसत्र सम्पन्न गर्न खनालको नेतृत्वमा अध्यक्ष मण्डल

सोमबार, १७ असार २०८१, ११ : २९
100 Shares
सोमबार, १७ असार २०८१
100 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनअन्तर्गत आज (सोमबार) देखि सुरु बन्दसत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्षमण्डल चयन भएको छ । खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो ।

पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, महाधिवेशनका लागि विभिन्न कमिटीहरू गठन भएका छन्। जस अनुसार, उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्तवमा १५ सदस्यीय बहस नोट कमिटी गठन भएको छ। डा. गगालाल तुलाधार र डा. विजय पौडेल सम्मिलित माइन्युट कमिटी पनि गठन भएको प्रचार विभागले जनाएको छ।

महाधिवेशनको मतदान प्रक्रिया इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने जानकारी गराइएको छ।छिटो र छरितो ढंगबाट चुनाव गराउन ई(भोटिङको व्यवस्था गरिएको पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय सदस्यहरूले डेमोसमेत प्रस्तुत गरेका छन् । महाधिवेशन यही असार २० गतेसम्म चल्ने छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।