ताजा अपडेट »

पहिरोमा पुरिएर जाजरकोटमा एक बालकको मृत्यु

सोमबार, १७ असार २०८१, १० : ४९
54 Shares
सोमबार, १७ असार २०८१
54 Shares

जाजरकोट । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।