ताजा अपडेट »

सवारी नियम उल्ङघन गर्दै हिडेको भाइरल सरकारी गाडी प्रहरीको नियन्त्रणमा

सोमबार, १७ असार २०८१, ०७ : २३
120 Shares
सोमबार, १७ असार २०८१
120 Shares

काठमाडौं । केही दिन देखि समामाजिक संजालमा भाईरल भईरहेको बा १ झ ७६७५ नम्बर प्लेटको सरकारी गाडीलाई प्रहरीले कारबाही गरेको छ । सवारी नियम उल्लंघन गरेको आरोपमा गाडीका चालकलाई नेपाल प्रहरीले कारबाही गरेको हाे। लेन अनुशासन विपरीत सवारी चलाएको पजेरो गाडीको भिडियो सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल बनिरहेको छ ।

शुक्रबार साँझ सातदोबाटोबाट ग्वार्कोतिर जाने क्रममा आकासे पुल अगाडि उक्त गाडीले सडकको डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको भिडियो सार्वजनिक भएको थियो । आइतबारसम्म उक्त भिडियो भाइरल बनेपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको पुष्टि भएको उक्त सरकारी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको हो ।

सार्वजनिक उक्त भिडियोको सत्यतामाथि छानबिन गरेपछि गाडीका चालकले गल्ती गरेको पाइएको भन्दै प्रहरीले कारबाही गरिएको जानकारी दिएको छ । महानगरीय ट्राफिक प्रहरी बिभागले आफ्नो फेसबुक पेजमा पनि उक्त गाडीलाई कारबाही गरिएको कुरा सार्वजनिक गरेको छ । 

pilice

प्रहरीले भिडियोको आधिकारिकता पुष्टि गरेपछि आइतबार ललितपुरमा गाडी भेटाएको हो । ललितपुर ट्राफिक कार्यालयले उक्त गाडीलाई नियन्त्रणमा लिएर चालकलाई अनुशासनको कारबाही गरेको छ ।  यससँगै प्रहरीले यस्ता अनियमितताका घटना भएको देखेमा उजुरी वा गुनासो गर्न पनि आम नागरिकहरुलाई आग्रह पनि गरेको छ ।

सवारी चालकले सडक लेन मिचेको खण्डमा पहिलो पटक १ हजार रुपैयाँ जरिवाना तिरेर चालकले बग्गीखानास्थित ट्राफिक कार्यालयमा पुगेर ट्राफिक नियम सम्बन्धी कक्षा लिनुपर्ने नियम छ ।facebook sharing button

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।