ताजा अपडेट »

इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा

सोमबार, १७ असार २०८१, ०७ : ४६
100 Shares
सोमबार, १७ असार २०८१
100 Shares

काठमाडौं । इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो । इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो । खेलको ९१औ मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए । यस अघि खेलको २५औ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ । यो खेल आगामी जुलाई ६ मा हुने छ । त्यस्तै हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ ।
     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।