ताजा अपडेट »

मिड वेस्ट पोइन्ट एकेडेमी दाङमा "एनसिसि प्रथम प्रवचन" तालिम सम्पन्न

सोमबार, १७ असार २०८१, ०० : ०६
86 Shares
सोमबार, १७ असार २०८१
86 Shares

दाङ। दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा शान्तिनगर ७ खैरेनीमा रहेको मिड वेस्ट प्वाइन्वट एकाडेमीमा उक्त कार्यक्रम भएको हो । निशुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेे उदेश्यले तालिमको आयाेजना गरिएको जनाईएकाे छ ।

daang

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्तिले बिधार्थिहरुकाे उज्वल भबिश्यको कामना गरेका थिए ।
तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ ।कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गरेका थिए ।

१८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना छनोट भएका यस तालिमको अवधि ६ महिनाको रहेको छ । तालिम आगामी मंसिरसम्म संचालन रहने छ ।  यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उतीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई समेत गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।