ताजा अपडेट »
पेट्रोलियम पदार्थ मुल्य बृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, राती १२ः०० बजे बाट लागु

आइतबार, १६ असार २०८१, २१ : ४६
226 Shares
आइतबार, १६ असार २०८१
226 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ मूल्यमा अनुसार मुल्य बढेर आएपिछ नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

petrol

निगमका अनुसार नयाँ मुल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ । अब पेट्रोल पहिलो वर्गमा  प्रतिलिटर १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् ।  हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।