ताजा अपडेट »

स्वास्थ्यमन्त्री पुनद्वारा बुटवल हस्पिटलको निरीक्षण

आइतबार, १६ असार २०८१, १९ : १५
206 Shares
आइतबार, १६ असार २०८१
206 Shares

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन (मगर)ले बुटबल अस्पतालको निरीक्षण गरेका छन् । बिगत लामो समयदेखि सञ्चालनमा रहेको अस्पताल केहि महिनादेखि सुबिधा सम्पन्न आफ्नै भबन बनाई सरेको छ।

अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले स्वास्थ्यमन्त्री पुनलाई अस्पतालमा स्वागत गर्दै अस्पतालको बारे जानकारी गराएका थिए ।उनले लुम्बिनी प्रदेशबाट कुनै पनि बिरामी रिफर हुन नपर्ने गरि उपचारको व्यवस्था मिलाइएको बताए । अस्पतालका निर्देशक डा. कृष्ण खनालले अस्पताल अहिलेसम्म ५० बेडमा चलेको र अब स्तर उन्नती गरि १ सय बेडमा सञ्चालन गर्न प्रकृया बढाइने र स्वीकृतिको लागि मन्त्री पुनलाई आग्रह गरे ।

मन्त्री पुनले अस्पताल निरीक्षणपछि निजीक्षेत्रबाट सञ्चालनमा आएको बुटबल अस्पताल प्रालि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न भएको र सेवालाई पनि विशिष्टीकृत बनाउन निर्देशन दिए । उनले सरकार र निजीक्षेत्र सहकार्य गरेर अघि बढने बताए । मन्त्री पुनले बेड थपको लागि प्रकृया पूरा गरे स्वीकृत दिने बताए । करिव २ सय ५० जना कर्मचारी २५ जना भन्दा बढी कन्सलटेण्ट डाक्टरहरुबाट सेवा दिँदै आएको बुटवल हस्पिटलले नयाँ उपकरण र प्रविधि भित्र्याएको छ ।

मन्त्रीको स्वागतमा अस्पताल अध्यक्ष, निर्देशक, चिकित्सक तथा अन्य कर्मचारीको सहभागीता रहेको अस्पतालले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।