ताजा अपडेट »

रास्वपाको केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालको प्रस्ताव

आइतबार, १६ असार २०८१, १२ : ३६
98 Shares
आइतबार, १६ असार २०८१
98 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्  ।

उनले भनेका छन्- ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु ।  हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।