ताजा अपडेट »

जसप्रित बुमराह बने सर्वोत्कृष्ट खेलाडी

आइतबार, १६ असार २०८१, ०७ : ५६
1.61K Shares
आइतबार, १६ असार २०८१
1.61K Shares

बुटवल । आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी जसप्रित बुमराह घोषित भएका छन् । उपाधी जितेको भारतीय टोलीका तीब्र गतिका बलर बुमराह सवोत्कृष्ट बनेका हुन् ।

विश्वकप २०२४ का सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए । बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २-२ विकेट लिएका थिए ।

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३-३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । शनिवार राति बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए । यसअघि भारतले सन् २००७ मा पाकिस्तानलाई हराउँदै टी-२० विश्वकपको पहिलो उपाधि जितेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।