ताजा अपडेट »

काठमाडौंका सुनीलले जिते कमेडी च्याम्पियन सिजन-३, उपाधीसंगै पाए नेटाभिको ईलेक्ट्रीक कार तथा नगद २५ लाख

आइतबार, १६ असार २०८१, ०७ : ०६
128 Shares
आइतबार, १६ असार २०८१
128 Shares

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन–३को उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन । शनिबार साँझ काठमाण्डौमा भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन । काठमाण्डौंको मुलपानी स्थित स्टुडीयोमा सम्पन्न फिनालेमा उनले सुनसरीका ऋषभ काफ्ले र नवलपरासीकी सुयाशा खनाललाई पछाडी पारेर उपाधी चुमेका हुन। 

उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार सहित अन्य पुरस्कार पनि पाएका छन । फस्ट रनरअप भएका सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप भएकी नवलपुरकी सुयाशा खनालले भने एक–एक वटा स्कुटर पुरस्कार पाएका छन ।यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए ।

rasifal3

यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका थिए । शो लाई विशाल भण्डारीले निर्देशन गरेको यो शोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले थिए । ‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए।

जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो। जसबाट टप ३०, १६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।