ताजा अपडेट »

टी-२० विश्वकप : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य

शनिबार, १५ असार २०८१, २२ : ०२
108 Shares
शनिबार, १५ असार २०८१
108 Shares

काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी आईसीसी टी(२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए । त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २(२ तथा मार्को जेन्सन र काजिसो रबाडाले एक(एक विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।