ताजा अपडेट »

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

शनिबार, १५ असार २०८१, २० : ३०
128 Shares
शनिबार, १५ असार २०८१
128 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार अपराहन्न ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन् । सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएका ओली भेट्न देउवा बालकोट पुगेका थिए ।

दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा दुइटै पार्टीले बाहिर ल्याउन चाहेका छैनन् । कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले एकापसमा छलफल र संवाद चलाएर दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएकै बीच दुई शीर्ष नेताहरुबीच भएको भेटवार्ताले ती पार्टीभित्र तरंग ल्याएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।