ताजा अपडेट »

छैटौं तिलोत्तमा मेयर कप ब्याडमिन्टनको उपाधी सुमीत नरसिहको जोडीलाई

शनिबार, १५ असार २०८१, २० : २५
54 Shares
शनिबार, १५ असार २०८१
54 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अयोजित छैटौं तिलोत्तमा मेयर कप खुल्ला पुरुष ब्याडमिन्टनको उपाधी सुमीत पुन र नरसिह बुढाको जोडिले हात पारेका छन् । तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्ड हलमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा तिलोत्तमा ब्याडमिन्टन क्लबका थमन सारु र अभय गुरुङ्गको जोडीलाई १७ र ९ अंकमा सीमित गरी सोझो सेटमा जित दर्ता गर्दै उपाधी चुम्न सफल भएका हुन् ।

लुम्बीनी स्पोर्टस क्लबका अनिस थापा र डिल्ली रानाको जोडी तथा मधौलीया ब्याडमिन्टन क्लबका बिष्णु थापा र अनिल चौधरीको जोडीले तेश्रो स्थानमा चित्त बुझाएका छन् । प्रतियोगिताको विजेताले नगद ३५ हजार राशीसहित कप, मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले नगद २५ हजार राशीसहित कप, मेडल र प्रमाणपत्र तथा तृतीय दुबै समुहले नगद १५÷१५ हजार तथा कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाले खेलाडी उत्पादनको क्षेत्रमा काम गर्दे आएको बताए । तिलोत्तमाले खेलको बिकास गरी खेल पर्यटनको हब बनाउने प्रयास समेत रहेको बताए । कार्यक्रममा बोल्दै तिलोत्तमाका खेल संयोजक लोक पुन, वडा न ६ का अध्यक्ष गणेश पाठक तथा तिलोत्तमा ब्याडमिन्टन क्लबका अध्यक्ष गोबीन्द भुसालले खेलको बिकासमा थप सहयोग गर्न नगरपालीकालाई अनुरोध गरे ।

प्रतियोगितामा सुमित पुन उत्कृष्ट खेलाडी घोषित भएका थिए । अनुशासित खेलाडी सुरज गुरुङ्ग भए भने उदीयमान खेलाडी डेनीस थापा तथा जेष्ठ सहभागीतामा विश्व पाठक घोषित भएर पुरस्कार प्राप्त गरेको खेल संयोजक पदम थापाले जानकारी दिए । खेल सञ्चालनमा प्रमुख रेफ्री जिबन थापा र रेफ्रीहरुमा रमेश रेग्मी र सुदीप कंडेलले सहजीकरण गरेका थिए । तिलोत्तमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।