ताजा अपडेट »

टी-२० विश्वकपको फाइनल: भारतले टस जितेर पहिला ब्याटिंग गर्दै

शनिबार, १५ असार २०८१, २० : ०३
92 Shares
शनिबार, १५ असार २०८१
92 Shares

काठमाडौँ । भारतले टी- २० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।   


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।