ताजा अपडेट »

रुपन्देहीमा एसईई अनुत्तीर्ण भएपछि एकै स्कुलका दुई छात्राले गरे आत्महत्या

शनिबार, १५ असार २०८१, ०७ : ४०
1.31K Shares
शनिबार, १५ असार २०८१
1.31K Shares

बुटवल । रुपन्देहीको देवदहमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको र प्राम्भिक कारण दुवै जना एसईई अनुनिर्णनै देखिएको देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले बताए ।

गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको नेपालीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।