ताजा अपडेट »
जिप दुर्घटना

दैलेखमा जिप दुर्घटना: ९ जना घाइते

शुक्रबार, १४ असार २०८१, २१ : १४
158 Shares
शुक्रबार, १४ असार २०८१
158 Shares

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ७८७ नम्बरको जिप शुक्रबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी नौमुले गाउँपालिका–३ का २१ वर्षीय खगीराम पुन मगर, नौमुले–५ का २८ वर्षीय भक्तबहादुर थापा, नौमुले–८ चौराठाका ७० वर्षीया सावित्रा केसी, नौमुले–६ का ४० वर्षीया देउकली मगर घाइते भएका छन्।

यस्तै, नारायण नगरपालिका–४ कि शान्ता खड्का, उनकी ७ वर्षीया छोरी रियासा खड्का, नारायण–४ कै ४१ वर्षीय बस्तीराम नेपाली, उनका ८ वर्षका छोरा पारस नेपाली र बर्दियाको बाँसगढी नगरपालिका–५ की १७ वर्षिया निसा जैसी घाइते भएका छन्।

दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार जिप एक्कासी अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेको हो। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल पठाएको डिएसपी दाहालले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।