ताजा अपडेट »
भुटानी शरणार्थी प्रकरण

काठमाडौँबाट पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' का छोरा प्रतीक पक्राउ

शुक्रबार, १४ असार २०८१, २० : ३४
142 Shares
शुक्रबार, १४ असार २०८१
142 Shares

काठमाण्डौं । पूर्व गृहमन्त्री  तथा नेकपा (एमाले)का उपाध्यक्ष  रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो। भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त प्रतीक लामो समयदेखि फराररहेका थिए।

उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर प्रहरीले अभियोगपत्र दर्ता गरेको थियो।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोडेर २४ वर्ष कैद मागदाबी गरीएको छ। उनी काठमाडौँको नक्साल स्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

प्रतिकले बिचौलियासँगको भेटघाटका लागि सम्पर्क स्थान नै उक्त निलगीरी होटललाई बनाएका थिए। उनि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए।

यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, थापाका सल्लाहकार इन्द्रजित राई, खाणका सहयोगी नरेन्द्र केसी, एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।