ताजा अपडेट »

दोभान माध्यमिक विद्यालयमा शैक्षिक सुधारसम्बन्धि अन्तरक्रिया

शुक्रबार, १४ असार २०८१, १५ : ०८
62 Shares
शुक्रबार, १४ असार २०८१
62 Shares

तिनाउ । पाल्पाको तिनाउ-२ दोभानस्थित दोभान माविले शैक्षिक सुधारका लागि शुक्रबार अन्तरक्रिया गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाका विद्यालयहरुमा एसईई परीक्षाको नतिजा राम्रो नदेखिएको बताउँदै सुधारका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यालयका अभिभावकहरुलाई आफ्ना सन्तानहरुमाथि निगरानी राख्नुपर्ने बताए । उक्त अन्तरक्रियात्मक कार्यक्रममा पूर्व शिक्षक समाजका संयोजक दलबहादुर गुरुङले विद्यार्थी अनुत्तीर्ण हुनुमा  मुख्य जिम्मेवारी शिक्षकको हुने बताउँदै अभिभावकहरुको चासो, चिन्तन समेत  जरुरी रहेको बताए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष चक्रव्यूह थापा, अरबिन्द पाण्डेय, विकास अर्याल, कमल श्रेष्ठ, खगेन्द्र खड्का, शान्ति पाण्डेय लगायतले विद्यालयमा नियमित पठनपाठन, अनुशासित तरिकाले शिक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र शिक्षक कमल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।