ताजा अपडेट »

गुल्मीमा ट्रयाक्टर दुर्घटना : बालकको मृत्यु, दुईजना घाइते

शुक्रबार, १४ असार २०८१, ११ : ०६
474 Shares
शुक्रबार, १४ असार २०८१
474 Shares

गुल्मी । तम्घास-सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर  रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक-५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।