काठमाडौं । प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने बारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएको प्रमुख दलहरुको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको हो ।
कानुन मन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरुमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे । टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु सहभागी थिए । बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’
प्रतिक्रिया