ताजा अपडेट »

भारत टी-२० विश्वकपको फाइनलमा

शुक्रबार, १४ असार २०८१, ०७ : ४३
188 Shares
शुक्रबार, १४ असार २०८१
188 Shares

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८: १५ बजेदेखि हुने भएको छ ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।