ताजा अपडेट »
सुचना/ प्रबिधी

३८ मोडेलका यी एन्ड्रोइड र आईफोनमा अब चल्ने छैन ह्वाट्सएप

शुक्रबार, १४ असार २०८१, ०६ : ०७
142 Shares
शुक्रबार, १४ असार २०८१
142 Shares

काठमाडौं । यस वर्षदेखि केही एन्ड्रोइड र आईफोनहरूमा ह्वाट्सएप नचल्ने भएको छ । जसमा यो सूचीमा सामसङ, मोटोरोला, ह्वावे, सोनी, एलजी मात्र नभएर एप्पलका मोडेल समेत समावेश छन् । ह्वाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय मेसेजिङ एप हो । मातृ कम्पनी मेटाले निरन्तर रूपमा यो एपमा सुधार ल्याउँदै आएको छ र यसको क्षमता विस्तार गर्दै नयाँ नयाँ फिचर समेत थप गरिरहेको छ ।

यो एप एन्ड्रोइड र आईओएस स्मार्टफोनमा मात्रै नभएर वैकल्पिक अपरेटिङ सिस्टममा सञ्चालित केही फिचर फोनमा समेत प्रयोग गर्न मिल्छ । कम्पनीले विभिन्न प्रकारका डिभाइसमा चल्नेगरी एप उपलब्ध गराउँदै आएको भए पनि यो वर्षदेखि भने केही फोनहरूमा चल्न छोड्ने भएको हो ।

३५ मोडेलका मोबाइलमा चल्ने छैन ह्वाट्सएप

क्यानलटेक नामक वेबसाइटमा प्रकाशित एक रिपोर्ट अनुसार पुराना भर्सनका गुगल र एप्पल अपरेटिङ सिस्टममा सञ्चालित ३५ मोडेलका मोबाइल फोनमा त ह्वाट्सएपले अपडेट पठाउन बन्द गरेको छ । त्यस्ता फोनहरूको सूची तल उल्लेख गरिएको छ । ताकि तपाईंलाई आफूले प्रयोग गरिरहेको फोनमा ह्वाट्सएप चल्न छोड्छ कि छोड्दैन भन्ने कुरा थाहा पाउन सहज होस् ।

यसबाट तपाईंलाई ह्वाट्सएप निरन्तर रूपमा चलाउन आफ्नो मोबाइल परिवर्तन गर्ने कि नगर्ने भन्ने निर्णय लिन पनि सहज हुनेछ । यो सूचीमा भएका केही मोबाइलहरू पुराना छन् ।हार्डवेयर राम्रै भए पनि अपग्रेड गर्न असक्षम रहेका केही फोनहरूमा भने अझै पनि ह्वाट्सएप चलिरहेको छ । त्यसो त कम्पनीले ह्वाट्सएपका लागि एन्ड्रोइड ५.० भन्दा पछिका अथवा आईओएस १२ वा त्यसपछिका फोनहरू सुझाउने गरेको छ ।

ह्वाट्सएप नचल्ने मोबाइलहरूको सूची

यो सूचीमा रहेका केही मोबाइल सात वर्ष वा त्यो भन्दा पुराना पनि छन् । केही प्रयोगकर्ताले आईफोन सिक्स एस प्लस अझै पनि प्रयोग गर्न मिल्ने अवस्थामा रहेको तर्क गर्न सक्छन् । तर ह्वाट्सएपले भने त्यसका साथै यो सूचीमा रहेका अन्य मोबाइललाई छोडेर नयाँ हार्डवेयर र अपडेटेड सफ्टवेयरमा केन्द्रित हुने निर्णय लिएको छ ।

सामसङ

ग्यालेक्सी एसीई प्लस

ग्यालेक्सी कोर

ग्यालेक्सी एक्सप्रेस २

ग्यालेक्सी ग्रान्ड

ग्यालेक्सी नोट ३ एन ९००५ एलटीई

ग्यालेक्सी नोट ३ नियो एलटीई प्लस

ग्यालेक्सी एस १९५००

ग्यालेक्सी एस ३ मिनी भीई

ग्यालेक्सी एस ४ एक्टिभ

ग्यालेक्सी एस ४ मिनी आई ९१९०

ग्यालेक्सी एस ४ मिनी आई ९१९२ डुअस

ग्यालेक्सी एस ४ मिनी आई ९१९५

ग्यालेक्सी एस ४ जुम

एप्पल

आईफोन फाइभ

आईफोन फाइभ सी

आईफोन सिक्स

आईफोन सिक्स एस प्लस

आईफोन सिक्स एस

आईफोन एसई

ह्वावे

एसेन्ड पी ६ प्लस

एसेन्ड जी ५२५

ह्वावे सी १९९

ह्वावे जीएक्स १ एस

ह्वावे वाई ६२५

लेनोभो

लेनोभो ४६६००

लेनोभो ए ८५८ टी

लेनोभो पी ७०

लेनोभो एस ८९०

सोनी

एक्सपेरिया जेड १

एक्सपेरिया ई ३

एलजी

अप्टिमस ४ एक्स एचडी पी ८८०

अप्टिमस जी

अप्टिमस जी प्रो

अप्टिमस एल ७

मोटोरोला

मोटो जी

मोटो एक्स

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।