ताजा अपडेट »

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त

विहीबार, १३ असार २०८१, २२ : २४
300 Shares
विहीबार, १३ असार २०८१
300 Shares

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्तमा परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले  असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो ।

शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ । शाह विस २०७८ फागुन १ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए । 

शाह यसअघि एनएलजी इन्स्योरेन्समा सञ्चालक समितिसँग विवादमा परेर हटाइएका थिए । त्यसपछि नेपाल इन्स्योरेन्स हुँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका शाह मर्जरपछि एकीकृत कम्पनीको सिइओ बनेका थिए । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले सिईओ शाहलाई बर्खास्त गरिएको पत्र इमेलमार्फत पठाईदिएका छन् ।

यसका साथै सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।