ताजा अपडेट »

एभरेष्ट बैंकका ग्राहकलाई तिलोत्तमाको एन.जी. मार्केटमा बिशेष छुट

विहीबार, १३ असार २०८१, २१ : ५८
184 Shares
विहीबार, १३ असार २०८१
184 Shares

बुटवल । तिलोत्तमाको मणिग्राममा रहेको एन.जी. मार्केटले एभरेष्ट बैंक लि.का कार्ड होल्डर ग्रहकलाई सपिङ गर्दा बिशेष छुट प्रदान गर्ने भएको छ । एभरेष्ट बैंकका ग्राहकले एन.जी.मार्केटमा सपिङ पछि कार्ड बाट नगद भुक्तानी गर्दा अधिकतम १० प्रतिसत सम्म नगद छुट पाउने भएका हुन ।

बिहीबार एभरेष्ट बैंक लि.का प्रदेश प्रमुख लव प्रसाद कुईकेल  तथा एन.जी. मार्केटका अध्यक्ष नारायण प्रसाद बनजाडेले सहमती पत्रमा हस्ताक्षर गरेका हुन । सहमती अनुसार एभरेष्ट बैंकका डेबिट वा क्रेडीट कार्ड बाहक ग्रहकले एन.जी. मार्केटमा ग्रोसरी, गार्मेन्ट, एफ.एम.सी.जी., हाउसहोल्ड तथा ईलेक्ट्रोनिक्स लगाएतका सामान खरीदगर्दा यो छुट प्रप्त गर्न सक्नेछन ।

cb2dbc39-8b54-4af5-a7c3-faef8f6d41ce

एभरेष्ट बैंकका ग्रहकले एन.जी.मार्केटसंगै यस क्षेत्रका  अन्य होटल, रेष्टुरेन्ट तथा अस्पताल लगाएतका ठाँउहरुमा पनि बिशेष छुट प्राप्त गर्न सक्ने मण्ग्रिाम शाखा प्रमुख बिमल भुसालले बताए । बैंकले देशैभरी १२८ शाखा संजाल, ३२ वटा सरकारी राजश्व काउन्टर तथा १६४ एटीएम बुथ मार्फत आफ्नो सेवा प्रदान गरीरहेको छ ।

एभरेष्ट बैंक भारतको पञ्जाब नेसनल बैंक संगको सहकार्यमा नेपालमा स्थापना भएको बेंक हो ।
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।