ताजा अपडेट »

वर्ल्ड एम-एसएमई डे २०२४को अवसरमा एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा आफ्ना ग्राहकलाई सम्मान

विहीबार, १३ असार २०८१, २१ : २२
302 Shares
विहीबार, १३ असार २०८१
302 Shares

बुटवल । एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा वर्ल्ड एम-एसएमई डे २०२४ को अवसरमा एक विशेष समारोहका विच आफ्ना ग्राहकलाइ सम्मान गरेकोछ।  
लुम्बिनी प्रदेशका  विभिन्न शाखाबाट  उत्कृष्ट कारोबार गर्ने एम-एसएमइ अन्तरगत माइक्रो, साना र मध्यम आकारका उद्यमकर्जा लिएका करिब ८० जना ग्राहकहरुलाइ सम्मानपत्र प्रदान गरिएको थियो।

लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, एरिया म्यानेजर मेघराज तिम्सिना एवं प्रभात सिंह खाती, प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने,  प्रदेश अप्रेसन म्यानेजर सुन्दर थापा, रिस्क अफिसर राम शर्मा, शाखा प्रबन्धक र कर्मचारीको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

Messenger_creation_575df1c9-52df-4bd7-962d-c1eed351481e

कार्यक्रममा बोल्दै एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले बैंक र ग्राहक एकअर्काका परिपुरक रहेको उल्लेख गर्दै उत्कृष्ट कारोबार गरेर सम्मानित हुने सबैलाई बधाई दिएका थिए। उनले एनएमबि बैंक उत्कृष्ट, छिटोछरितो, सरल र समयसापेक्षित आधुनिक बैंकिङ्ग सेवामा प्रतिबद्ध रहेको जानकारी दिनुभयो।  राम्रो कारोबार गर्ने ग्राहकहरुलाइ आगामी दिनहरुमा पनि प्रोत्साहन गरिने उनले बताए । 

एरिया म्यानेजर मेघराज तिम्सिनाले एनएमबि बैंकले ग्राहकमैत्रीका साथै भ्यालुवेस बैंकिङ्गमा रहेर काम गरिरहेको जानकारी दिदै गुणस्तरीय सेवा मार्फत ग्राहकहरुको बित्तीय आवश्यकता पुरा गर्न एनएमबि बैंक सदैव ग्राहकको साथमा रहेको बताए।

एम-एसएमई ग्राहकको तर्फदेखि लक्ष्मी पाण्डे, राजेश महत्रा गौतम, अर्जुन प्रसाद पौडेल लगायतले एनएमबि बैंकसग कारोबार गर्न पाउदा आफुहरु सन्तुष्ट रहेको र  गौरवान्वित अनुभव भएको जानकारी दिए। कार्यक्रमको संचालन एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले गरेका थिए। अन्तर्राष्ट्रिय एम-एसएमई दिवस २०२४को अवसरमा एनएमबि बैंकले देशभरका शाखाहरुमा उत्कृष्ट कारोबार गर्ने एम- एसएमई ग्राहकसग विभिन्न गोष्ठी, अन्तरक्रिया र सम्मानका कार्यक्रम सम्पन्न गरेकोछ ।

संयुक्त राष्ट्र संघले २०१७ देखी प्रत्येक बर्ष जुन २७ तारीखलाइ अन्तर्राष्ट्रिय एमएसएमई दिवस मनाउदै आएकोछ । यसपटक  "बहुसंकटको समयमा द्रुत दिगो विकास र गरिबी उन्मुलन गर्न  माइक्रो, साना र मध्यम आकारका उद्यमहरूको शक्ति र लचिलोपनको लाभ उठाऔ" भन्ने नाराका साथ सन्सारभर विभिन्न कार्यक्रमहरु गरि यो दिवस मनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।