ताजा अपडेट »

बुवाको सम्झनामा स्ववियु अध्यक्षद्वारा खेलकुद सामग्री वितरण

विहीबार, १३ असार २०८१, ०८ : १३
64 Shares
विहीबार, १३ असार २०८१
64 Shares

भैरहवा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका अध्यक्ष सागर न्यौपानेले आफ्नो बुवाको सम्झनामा खेलकुद सामग्री वितरण गरेका छन् । न्यौपानेले आफ्ना बुवा स्वर्गीय खिमलाल न्यौपानेको सम्झनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित श्री संस्कृत विद्याश्रमलाई १ थान ब्याट, १ थान फुटबल, चेस सेट, लुडो, क्रिकेट बल लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

पढाईसँगै विद्यार्थीहरुलाई खेलकुदको पनि आवश्यकता भएको कुरालाई मध्यनजर गर्दै आफूले संस्कृत विद्याश्रमलाई खेलकुद सामग्री प्रदान गरेको उनले बताए । उनले भने, ‘मैले दिएका सामग्री प्रयाप्त नहुन सक्छ । तर, यसले खेलकुद गतिविधिलाई अघि बढाउन केही भए पनि सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’ उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिदै जाने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।