ताजा अपडेट »

नेपाल आईडल बिजेता करण परियारलाई प्रधानमन्त्रीको बधाई भेट, बधाई सगै दिए गितार उपहार (तस्बिर)

विहीबार, १३ असार २०८१, ०५ : ५०
134 Shares
विहीबार, १३ असार २०८१
134 Shares

काठमाण्डौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बधाई दिएका छन्। करणलाई उनले बुधबार सरकारी निवास बालुवाटारमा बोलाएर बधाई तथा शुभकामना दिएका हुन । 

बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री प्रचण्डले करणलाई गितार समेत उपहार दिएका छन्। करणलाई बधाई दिँदै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्टहरु आफूले हेर्ने गरेको बताए। “युवा पुस्ताका हरेक सुखदुःखमा म साथमै छु,” उनले भने। 

प्रधानमन्त्रीले करणको सांगितिक क्षेत्रमा आफूले निकै राम्रो सम्भावना र भविष्य देखेको समेत बताए।  “यो क्षेत्रमा तपाईँको निकै राम्रो सम्भावना र भविष्य छ। निरन्तर साधनामार्फत् तपाईँले देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास मैले लिएको छ,” करणलाई बधाई दिँदै प्रचण्डले भने।  

प्रधानमन्त्री संगको प्रचन्डको भेट पछि करण निकै खुशी देखिएका थिए ।

हेर्नुहाेस् तस्बिर

kp1

kp3

kp2

kp-4

Untitled-2

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।