ताजा अपडेट »

टी-२० विश्वकप : पहिलो सेमीफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

विहीबार, १३ असार २०८१, ०६ : २७
148 Shares
विहीबार, १३ असार २०८१
148 Shares

काठमाडौं । अफगानिस्तानले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको छ ।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अफगानिस्तान र दक्षिण अफ्रिका दुवैले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दक्षिण अफ्रिका सुपर-८ को ग्रुप २ को विजेता रुपमा सेमिफाइनल खेलेको हो । दक्षिण अफ्रिकाले वेष्टइण्डिजलाई पछि पारेको थियो ।

अफगानिस्तान ग्रुप-१ को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनल खेलेको हो । अफगानिस्तानले अष्ट्रेलियालाई पछि पारेको हो । दक्षिण अफ्रिकाले एकदिवसीयमा ५ र टी२० मा २ गरी कुल ७ सेमिफाइनल खेलेको छ । तर फाइनलमा पुग्न सकेको छैन । अफगानिस्तान आफ्नो इतिहासमै पहिलो पटक सेमिफाइनल खेल्दैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।