ताजा अपडेट »

टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा, कुन स्थानमा पुगे दीपेन्द्र ?

बुधबार, १२ असार २०८१, १५ : १७
2.09K Shares
बुधबार, १२ असार २०८१
2.09K Shares

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरीयताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।

यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् । त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् । टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरीयतामा ऐरी सातौं स्थानमा रहेका छन् ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।
 
     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।