ताजा अपडेट »

लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु

बुधबार, १२ असार २०८१, १२ : ३२
92 Shares
बुधबार, १२ असार २०८१
92 Shares

काठमाडौं । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ । 

पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।