बुटवल । कपिलबस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएकोछ।
बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए।
उनीहरुकोको बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया