ताजा अपडेट »
आन्तरिक राजस्व

व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नूः आन्तरिक राजस्व

बुधबार, १२ असार २०८१, ०७ : ३३
64 Shares
बुधबार, १२ असार २०८१
64 Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न करदाता एवं सरोकारवालालाई सचेत गराएको छ । सोमवार एक सूचना प्रकाशित गर्दै विभागले आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

संशोधित आयकर ऐन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । यसो गरे प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुने विभागले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।