ताजा अपडेट »

एक झर्को वर्षाले जलमग्न बुटवल (फोटो फिचर)

बुधबार, १२ असार २०८१, ०८ : ५६
10.72K Shares
बुधबार, १२ असार २०८१
10.72K Shares

बुटवल । उपयुक्त निकास नहुँदा बुधबार विहान भएको वर्षाले बुटवल बजार जलमग्न बनेको छ । बुटवलका मुख्य सडक, फुटपाथ तथा बस्तीहरु जलमग्न बन्दा दैनिक जनजीवन समेत प्रभावित भएको छ ।

12pani

मुख्यगरी बुटवलको राजमार्ग चौराह, कालीकानगर, योगीकुटी, ट्राफिक चोक, नेपालगञ्ज रोड, मिलनचोक लगायतका क्षेत्रहरु जलमग्न बनेका हुन् । बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्म ६ लेन सकड बिस्तकारको कामले पूर्णता नपाउँदा हरेक वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ । यसैगरी बुटवल–नारायणगढ सडक बिस्तरको कामले समेत वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ ।

barsa chauraha

बुटवलका विभिन्न ठाउँमा रहेका नाली सफाइ नहुँदा सामन्य वर्षामा पनि निकाश रोकिएपछि बुटवलका बजार तथा सडकमा बाढी बस्ने गरेका छन् । यस वर्षको सुरुवाती वर्षामै नाली सफाइ तथा उपयुक्त निका नहुँदा बुटवलको अमरपथ क्षेत्रमा लेदोसहितको बाढी बसेर लाखौंको क्षति गरेको छ ।

barsale rahat

barsha1butwal barsabutwal sadakbutwalpanischool bus

(तस्विर सौजन्य : पत्रकार बिकास पराजुली)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।