ताजा अपडेट »

तिलोत्तमामा माइक्रोबसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

मंगलबार, ११ असार २०८१, १५ : ५०
5.78K Shares
मंगलबार, ११ असार २०८१
5.78K Shares

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरस्थित सडकमा माइक्रोबसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । 

शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका २ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।  

ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।