ताजा अपडेट »

स्वतन्त्रता माथिको बलात्कार !

मंगलबार, ११ असार २०८१, ११ : ४५
518 Shares
मंगलबार, ११ असार २०८१
518 Shares

गएको निर्वाचनमा कांग्रेस माओवादी सहितको गठबन्धनमा निर्वाचनमा सहभागी भएको थियो । त्यो गठबन्धनमा नेपाल समाजवादी पार्टी पनीसहभागी थियो ।  संविधानमा भएको व्यवस्था अनुरूप माओवादी र नेसपा एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने सहमती अनुरूपदुवै पार्टीले हसिँया हथौडा अंकित चुनाव चिन्ह प्रयोग गर्ने पनी सहमती भएको थियो । 

गोरखा जिल्लामा प्रचण्डसंगै नेसपाको भागमा परेको प्रदेशको टिकटबाट फणिन्द्र देवकोटा निर्वाचन लडेका थिए । पछि सत्ता समिकरण बन्ने रभत्कने क्रम चली रह्यो । पछिल्लो चरण प्रचण्डजी एमालेको सहयोगमा नेतृत्वमा आउनुभयो, प्रदेशहरुमा कांग्रेस सम्मीलित सरकारहरु भत्काउनेक्रम चल्यो, किनकि पछिल्लो समिकरणले प्रदेशहरु भाग बण्डा गरेको थियो, गण्डकीमा नयाँ सरकार बनाउन संख्या पुगेन, नेसपा पछिल्लो समिकरणमा सहमत भएन । 

नेसपाले कांग्रेसकै सरकारलाई निरन्तरता दिने निणर्य गर्यो । जसले गर्दा खगराजजीको सरकारले निरन्तरता पाउन सकेन, आफु अनुकलको सरकारले निरन्तरता नपाउने भएपछी प्रचण्डजीलाई झोकचल्यो, अनि गण्डकीको सभामुखजो माओवादी कोटा बाटै हुनुहुन्थ्यो ।  उहाँलाई निर्देशगर्नुभयो, सत्ताको बलमा विधि, प्रक्रिया, कानुन सबै माथि धोती लगाइ दिएर माननीय फणिन्द्र देवकोटा माथि कारबाही गरेको पत्र थमाइयों।

हिजो अदालतले फणिन्द्र देवकोटा नेसपाको माननीय हुन, माओवादीको माननीय होइनन, त्यसैले त्यो कारवाही फिर्ता गर्नु भनी आदेश गरेको छ । फणिन्द्र देवकोटा कसको माननीय हुन ?, कुन पार्टीमा उनी संलग्न छन् ? भन्नेकुरा के प्रचण्डजीलाई थाहा थिएन?, के गण्डकीका माओवादी कमरेडहरु लाइ थाहा थिएन? फणीन्द्र को हुन भनेर अदालतले भनिदिनु पर्ने ? सत्ताको साँचो आफुसंग छ भन्दैमा जे पनी गर्ने ? जसो पनी गर्ने ? के हामि पनि संसार भरीका विगत्का तानाशाह जस्तै सत्ता उन्मादको बाटो रोज्ने? स्टालीन मार्गमा अगाडि बढ्ने ?

फणिन्द्र देवकोटाले आफ्नो अस्मीता, स्वाभिमान जोगाउन नपाउने? के यस्तै हो स्वतन्त्रता? के यस्तै हो गणतन्त्र? तपाइहरु जहाँ जहाँ चक्कर काट्नुहुन्छ अरुपनी त्यसरी नै चक्कर काटनु पर्ने? गण्डकीमा भएको नेसपाको जम्मा एक जना सभासद त्यो पनी जोरजबरजस्तीले आफ्नोमा मिसाइदीने? मिसीन मानेन भने मिल्काइ दिने ? उसको स्वतन्त्रता, माथि बलात्कार गर्ने। हामि कता जादै छौं ? हामिले कुन बाटो समातेका छौ? के यहि बाटो बाटसमाजवादमा पुग्न सकिन्छ ? कमरेडहरु, यसो नगरौं, के फणिन्द्र देवकोटा नेसपाको केन्द्रिय सदस्य हो भन्नेकुरा यँहाहरुलाई जानकारीथिएन?

 थियो भने उनी माथि जवरजस्ती किन गरेको? विधी प्रक्रिया, र मापडण्ड पुग्छ, सरकार बनाउँ, पुग्दैन भने जोर जवरजस्ती नगरौं, तानाशाहहरु भन्दा हामि उन्नत प्रजातान्त्रीक राज्यव्यवस्था ल्याउने छौं भनेर त हामि युद्धमा सहभागी बनेका थियौ । 

दुनियाँ भरीका तानाशाहहरुले लिएको बाटो, हामी हिड्ने छैनौ, हामि सत्तामोहमा अन्धो बन्ने छैनौं भनेर त हामि लडेका थियौं, नेपाली जनता लडेका थिए, सात दल र माओबादीले संयुक्त मोर्चा बनाएर लडेका थिए, होइनर ? हामीले यो पनि भनेका थियौ हामीले विधीको शासनको निर्माण गर्ने छौ ,हामीले सबैभन्दा उन्नत लोकतन्त्रको जग बसाउने छौँ पनि भनेका थियौ ।

यदि यो कुरा साँचो हो भने, यति चाडै किन बिर्सेको कमरेडरु हिजो पंचायत कालमा जस्तै साना पार्टीको अस्मीता लुटीन्छ भने, एक्लो देखेर उस्को स्वाभिमान माथि बलात्कर गर्ने प्रयास गरिन्छ भने हिजो र आजमाकसरी फरक छुट्टाउनु कमरेडरु गण्डकीको घटना सानो हो तर यस्ले विचारको प्रतिनिधित्व गर्दछ । त्यसैले प्रिय कमरेडहरु हामीले आत्म समिक्षा गर्न पर्ने होकी ?
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार