ताजा अपडेट »

दाङमा चट्याङबाट एक बालकको मृत्यु

मंगलबार, ११ असार २०८१, ०९ : ०१
464 Shares
मंगलबार, ११ असार २०८१
464 Shares

बुटवल । दाङमा चट्याङले लागेर एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपापिलका–४  खाद्रेका १० वर्षीय सुवास विकको चट्याङ लागेर ज्यान गएको हो ।

सोमबार बेलुकी घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास नजिकै चट्याङ परेको प्रहरीले जनाएको छ। चट्याङको असरले सुवास बेहोस भएका थिए। उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याएलगत्तै साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।