ताजा अपडेट »

आगलागीले ध्वस्त भएको बुटवलको डेल्टा असार १६ गतेदेखि आंशिक रुपमा संचालनमा आउने

सोमबार, १० असार २०८१, २० : ३३
3.42K Shares
सोमबार, १० असार २०८१
3.42K Shares

बुटवल  । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालि यही असार १६ गतेदेखी पुनः सञ्चालनमा आउने भएको छ ।

मार्टका संचालक चोलाप्रसाद पाठकले आगलागीबाट ४५ करोड रूपैयाँको नोक्सान भएको प्रारम्भिक आकंलन गरिएपनि सबै कागजपत्र जलेकाले त्यसको विवरण खोजी भइरहेको र त्यो थोक खरिद मूल्य भएको दावी गरे । मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले बुटवलको ठूलो विपत्तिमा सबैको साथ भएपनि नोक्सानी जोगाउन नसकेको बताए ।

तर यस्तो परिस्थितमिा पनि हामीहरु उठेर जानुपर्छ भनेर आंशिक रुपमा चलाउन खोजिएको बताए । ‘हामी पहिलो चरणमा यहीँ १६ गतेदेखि एजुकेशन र युनिफर्मसहितको सञ्चालन गछौं’, उपाध्यायले भने, ‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेष्टुरेन्ट सञ्चालनमा आउछन, अरु त दशैसम्म होला ।’

मार्टका सञ्चालक गणेश पोखरेलले ग्राहक र विद्यार्थीप्रति मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठने बताए । उनले समयमा दमकल आएको भए आगोले मार्टका धेरै समान जोगाउन सकिने देखिएको पनि त्यो हुन नसकेको बताए । उनले बुटवलमा यस्ता विपत्तिको सामना गर्नेगरी तयारी गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।