ताजा अपडेट »

गाजाको भिषण आक्रमण छिट्टै सकिन्छ- नेतन्याहु

सोमबार, १० असार २०८१, १२ : ३३
66 Shares
सोमबार, १० असार २०८१
66 Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् । नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुनलागेको बताएका छन् । तर यसको मतलब युद्ध समाप्त नभएको उनले बताएका हुन् । नेतान्याहुले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताएका छन् ।

हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीचमा, नेतान्याहुले छिट्टै इजरायली सेना लेबनानी सीमामा आफ्नो सेना पठाउने बताएका छन् । नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरेका छन् ।

इजरायली सेनाबाट आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई हमलामा मारिएको रफाहका जनताले बताएका छन् । आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाका अनुसार हमासले यसलाई प्रयोग गरिरहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।