ताजा अपडेट »

प्रतिनिधि सभाको बैठक : प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची

सोमबार, १० असार २०८१, ०७ : २०
56 Shares
सोमबार, १० असार २०८१
56 Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दै छ । बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।  

त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । त्यसैगरी आज राष्ट्रियसभामा उत्पति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०' का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।