ताजा अपडेट »

टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय

आइतबार, ०९ असार २०८१, १२ : ३९
108 Shares
आइतबार, ०९ असार २०८१
108 Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा।वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको अख्तियारले जनाएको छ ।  

 प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको उजुरी परेको थियो । आयोगले अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

 खरिद प्रक्रियामा तत्कालीन एक मन्त्री पूर्वसञ्चार मन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि संलग्न रहेको आरोप छ । आयोगले उनीहरूमध्ये एक जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।