विनोद भुसाल/ बिहानि मिर्मिरेको
उज्यालोसगै उठिदै
भालेको डाकोमा
भोर्लाको पातमा सुर्तिको पुल्ठो
च्यापेर
कम्बरमा पटुकिले कसि
काठको दापभित्र खुकुरी बजाउदै
सधै एउटै जुत्ता चप्लको आवाज भित्र
जुनको उज्यालो सङ्गै हराउदै
यहाँ, उही ईच्छा चाहानाको
पोको मस्तिमा च्यापि बाहिर निस्कीनु हु्न्छ बा
ति आफ्नै उकालि ओराली र भन्जाङ्ग चौतारिहरूमा
घाँसको भारी बिसाई सुस्केरा हाल्दै
उहि बाजे बराजुले जोते खनेका
गाउँ बेसिका तिनै टाहार बारीहरू
कतै भिराला पाखा पखेरा सम्याउने
जमर्कोमा जुटेर लहरा लतिकासगै लुकामारि खेल्दै
अनि घासका बुट्टा ठुला साना बोट बिरूवालाई
सर्याक्सुरुक पार्दै
सुइया सुस्केरा हाल्ने
पक्कै मेरो बुबा हुनु पर्छ।
म बालकै छदा मेरो अबोध मस्तिष्कले
हतारमा हत्त पत्त गरि बुबा आएको देखेर
घरको दैलो उघारि भित्र पसि आमाले
छोपि राखेको माटोको भाडामा चिसो पानि
जब त्यो भरि पारि राखेको पानीमा लोटा डुबाउन पुग्छु
मेरा बुबाको तिर्खाएको आत्मा
छेउ छेउमा फाटेको टोपि शिरबाट झिकि
अनुहारको पसिना टोपीले पुछ्दै
घरको पिढिमा बसि भोर्लाको सुकेको पातमा
सुर्कतिको धुलो हालि हातले बेर्दै
अगुल्टोको आगोले झोसि
निस्केको धूवा
घर आगन करेसा बारि चोक गल्लि हुदै
आकाश माथी उड्दा गोधुलीसँगै
सुस्ताउने पक्कै मेरो बुबा हुनु पर्छ
म देख्दै थिँए
बाले जोतेको टाहार बारिमा
उठेको मोटोको ठुल्ठुला डल्ला निहान्दा निहाल्दै
अकस्मात ति डल्लालाई कोदालोको पासाले ठोक्दा ठोक्दै
उल्टै उछिटिएर पर बज्रिएको आबाजसगै
मेरी ठूली दिदिलाई लाग्छ
ठोक्दै पछारिएकी दिदिलाई
बुबाले उठाउदै उनिलाई सुम्सुम्याउने
मेरो बुबा आफू थोरै साक्षर भएर पनि
छोराछोरीलाई भने शिक्षाको उज्यालो दिलाउन
कहिले पनि पछि हट्नु भएन
जिबनका हजारौ कठिन बाटाहरू र खुड्किलाहरूलाई
सकि नसकी चढ्ने चढाउनै
पक्कै मेरो बुबा हुनु पर्छ
छोराहरूको दुखमा रोई दिने
अनि छोरिको बिदाइमा
हाँसो मुटुमा गाठो पारि मलिन मुस्कान छरि
अनि आमाको आँशु पुछ्दै
आँफु ओझेल परि सम्झाउने बुझाउने
साहास लाखौ बेदनाका चपेटाले भरिपूर्ण
अनुहार कसैले कतै देख्ला कि भनी
आफ्नो कम्मरको पटुकी फुकाइ आँशु छुपाउन
खोज्ने मेरो बुबा औंसिको निस्पट रातमा पनि
चन्द्रमुक्त भएर उहाले भए भरको उज्यालो
आफै प्रकाश बनि छर्दै जानु हुन्थ्यो
निस्पट त्यो अंधेरोलाई पनि साहारा दिन खोज्ने
पक्कै मेरो बुबा हुनुपर्छ।
प्रतिक्रिया