ताजा अपडेट »

जहिर इकबालसँग आज वैवाहिक बन्धनमा बाँधिदै सोनाक्षी

आइतबार, ०९ असार २०८१, ११ : २०
26 Shares
आइतबार, ०९ असार २०८१
26 Shares

काठमाडौं । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् । आज सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह दर्ता गर्ने बताएका छन् । यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने बताइएको छ ।

आज हुने रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ । सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायण’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।