ताजा अपडेट »

बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

आइतबार, ०९ असार २०८१, ०८ : ४३
6.33K Shares
आइतबार, ०९ असार २०८१
6.33K Shares

बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ घर भई हाल बुटवल बेलबास बस्दै आएका मोटर साइकल चालक २७ वर्षीय प्रशान्त खड्का र सोही ठाउँका २४ वर्षीय राजन खड्का घाइते भएका छन् । घाइते दुबै जनालाई उद्धार गरी बुटवलको चौराह अस्पतालमा उपचार भैरहेको र अवस्था मध्यम रहेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी हवल्दार पशुपति भट्टराईले जानकारी दिए । शनिबार साँझ बुटवल होराइजनचोकदेखि योगीकुटीतर्फ जाने क्रममा सडकमा रहेका छाडा चौपाया (गाई)सँग ठोक्किँदा दुर्घटना भएको हो । बुटवलमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम अझै हटेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।