ताजा अपडेट »
नेपाल आइडल सिजन ५

करण परियारले चुमे नेपाल आइडल सिजन-५ को उपाधि, पोखराकी सलोमी गुरुङ भईन फस्ट रनरअप

शनिबार, ०८ असार २०८१, २३ : ३२
444 Shares
शनिबार, ०८ असार २०८१
444 Shares

नेपालकै प्रतिष्ठित फ्रेन्चाईज गायन रियालिटी शो “नेपाल आइडल सिजन ५” को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीहरु लाई पछि पार्दै करण विजेता घोषित भएका हुन्।उनले पोखराकी सलोमी गुरुङ तथा दार्जिलिङका सचिन विश्वकर्मा र मोहीत भुजेलाई पछि पार्दे विजेता बनेका हुन ।

सिजन ५को विजेता बने संगै परियारले २५ लाख नगद पुरस्कार हात पनि हात पारेका छन । फस्ट रनरअप बनेकी पोखराकी सलोमी गुरूङले उपाधीसंगै रु.१० लाख नगद र सेकेन्ड रनरअपको उपाधी पाएका सचिन विश्वकर्माले नगद ५ लाख पुस्कार प्राप्त गरे। त्यस्तै, थर्ड रनरअपको उपाधी हासील गर्ने दार्जलिङका मोहित भुजेलले स्कुटर पुरस्कार प्राप्त गरे।

Untitled-1Aidol

नेपाल आइडलको छनोट चरणमै तहल्का पिटेका करण पयिारलाई उपाधी दावेदारका रुपमा सुरुदेखीनै हेरीदै आएको थियो । यसअघि नेपाल आईडलको पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए। 

शनिबार साँझ सम्पन्न फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायतले प्रस्तुति दिएका थिए । रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरेको सिजन ५मा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशी जजका रुपमा रहेका थिए। यस अघि सिजन ३ सम्म रहेका यी निर्णयकहरु सिजन ४ मा भने थिएनन्। सिजन ४ मा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए। 

सिजन ५ को अडिसन २१ पुसदेखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो। सिजन ५का लागि देश भरिबाट १ सय ५२ जना छानिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।